विद्यार्थीहरुको निशुल्क रक्त समुह परीक्षण

विश्व रक्तदाता दिवसको अबसरमा निलकण्ठ बहुमुखी क्याम्पसमा निशुल्क रक्त समूह परिक्षण तथा रक्तदान सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङको प्राविधिक सहयोग, क्याम्पसको रोजगार परामर्श तथा विद्यार्थी सहायता समितिको संयोजन तथा सामजिक रुपान्तरणको लागि स्थानीय प्रयास नेपाल धादिङको सहयोगमा भएको रक्त परीक्षण शिविरमा २ सय ३ जना विद्यार्थीको रक्त समूह परिक्षण गरिएको छ ।

शिविरमा युवा रेडक्रस सर्कल नीलकण्ठ बहुमुखी क्याम्पसको सहकार्य रहेको थियो । वाँकी इच्छुक विद्यार्थीहरुलाइ अर्को दिनमा शिविर राखिने क्याम्पसको रोजगार परामर्श तथा विद्यार्थी सहायता तथा समितिका संयोजक राधारमण आचार्यले जानकारी दिनुभयो ।