नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापकहरु मध्ये यस वर्षको उत्कृष्ट प्राध्यापकमा गणित विषयका प्राध्यापक सुरेन्द्र कुमार शाह चयन भएका छन् । त्यस्तै प्रशासन तर्फ वर्षको उत्कृष्ट कर्मचारीमा लेखा सहायक इस्वित श्रेष्ठ चयन भएका छन ।
क्याम्पस ब्यवस्थापनले हरेक स्थापना दिवसको अवसरमा वर्षको उत्कृष्ट प्राध्यापक र कर्मचारीहरुलाइ सम्मान गर्दै आइरहेको छ । …