वर्षको उत्कृष्ट प्राध्यापकमा शाह र कर्मचारीमा श्रेष्ठ पुरस्कृत
नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्यापनरत प्राध्यापकहरु मध्ये यस वर्षको उत्कृष्ट प्राध्यापकमा गणित विषयका प्राध्यापक सुरेन्द्र कुमार शाह चयन भएका छन् । त्यस्तै प्रशासन तर्फ वर्षको उत्कृष्ट कर्मचारीमा लेखा सहायक इस्वित श्रेष्ठ चयन भएका छन ।
क्याम्पस ब्यवस्थापनले हरेक स्थापना दिवसको अवसरमा वर्षको उत्कृष्ट प्राध्यापक र कर्मचारीहरुलाइ सम्मान गर्दै आइरहेको छ । क्याम्पसको २४ औं स्थापना दिवसको अवसर पारी शाह र श्रेष्ठलाइ नगद पुरस्कार क्रमशः १० हजार र ५ हजार सहित सम्मान पत्र प्रदान गरिएको हो ।
२४ औ स्थापना दिवस समारोहका प्रमुख अतिथि एवं क्याम्पसका निवर्तमान अध्यक्ष संघिय साँसद रामनाथ अधिकारी र प्रदेश सांसद गोविन्द लंसालले सम्मानितद्धयलाइ दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गर्नुभएको थियो ।