स्थानीय तहमा शिक्षाको आवश्यकता विषयक छलफल कार्यक्रम सम्पन्न
५६ औं अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा नीलकण्ठ क्याम्पसको आयोजनामा स्थानीय तहमा शिक्षाको आवश्यकता विषयक छलफल कार्यक्रम गरिएको छ ।
छलफल कार्यक्रममा नीलकण्ठ नगरपालिका शिक्षा तथा खेलकुद शाखाका उपसचिव नारायण प्रसाद वाग्ले, शिक्षा विकास तथा समन्वय इकाइका अधिकृत कृष्ण कुमार श्रेष्ठ, सीपी कलेज संचालक समितिका अध्यक्ष शान्तविक्रम बानिया, नेपाल शिक्षक संघ नीलकण्ठ इकाइका सहसचिव नवराज सापकोटा लगायतले स्थानीय तहमा शिक्षाको आवश्यकताको विषयमा धारणा राख्नुभएको थियो ।
नीलकण्ठ क्याम्पसका सहायक क्याम्पस प्रमुख देवी प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको सहभागीता रहेको थियो । कार्यक्रमका अतिथि र विद्यार्थीहरुवीच स्थानीय तहमा शिक्षाको आवश्यकता विषयमा अन्तरक्रिया समेत गरिएको थियो ।